रौतहट, २९ कार्तिक । रौतहटमा एकै परिवारका दुई बालकलाई गाउँकै एक स्थानीयले विष खुवाएर हत्या गरेको आरोप लगाइएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका सञ्जय मुखियाका छोराद्वय ५ वर्षीय आकाश र ४ वर्षीय विकासको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुवै बालकलाई रिसिवीका कारण गाउँकै एक स्थानीय व्यक्तिले विष खुवाएर हत्या गरेको परिवारजनको आरोप छ ।

घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले बालकहरुको विषकै कारण मृत्यु भएको बताउँदै घटनाको अनुसन्धान भईरहेको बताए ।