काठमाडौं, २८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ र १ हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४७७ पुगेको छ ।त्यस्तै, ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२२ जना आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।