बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

बारा, २८ कार्तिक । बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो ।
श्निबार राति साढे ८ बजे बाराको कोल्हबी नगरपालिका–१ मा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२ प ८०२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।
दुर्घटनामा कोल्हबी नगरपालिका–१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी, १९ वर्षीय सुशील चौधरी र वडा नम्बर–९ बस्ने २० वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि वीरगञ्जको नारायणी अस्पताल पठाइएको थियो ।
टाउकोमा गम्भीर चोट लागेका सागर र सुशीलको उपचारको क्रममा मृत्यु भएको र अशोकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
शनिबार सवारी दुर्घटनाका घाईते कलैया उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।