प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै धनुषाका कानून व्यवसायीहरु धर्नामा

जनकपुरधाम, २८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै धनुषाका कानून व्यवसायीहरु हातमा कालोपट्टी बाँधेर अदालतको मुलद्वार अवरुद्ध गर्दै धर्नामा बसेका छन् ।
नेपाल बार एसोसिएसन जनकपुरले पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान साढे ११ बजेदेखि अदालतको मुलद्वार अवरुद्ध गर्दै धर्नामा बसेका हुन् ।
नेपाल बार एसोसिएन जनकपुरका अध्यक्ष किशोरी साहले न्यायाधीश हरिकृष्ण कार्कीले बुझाएको प्रतिवेदन लागु गर्नुपर्ने माग गरेका छन् ।
उनले आफूहरुको एक सुत्रीय माग पूरा नहुन्जेलसम्म बार एसोसिएसन केन्द्रिय समितिको आन्दोलनलाई ऐक्यवद्धता गर्दै धर्नामा बसेको जानकारी दिए ।
अदालतको मुलद्वार अवरुद्ध गरेर कानून व्यवसायीहरुले आन्दोलन गर्दा सेवाग्राहीलाई मर्का पर्नुका साथै कामकाज समेत प्रभावित भएको छ ।