शनिबार २९५ नयाँ संक्रमित थपिए, ४७८ संक्रमणमुक्त

काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ पीसीआर परीक्षणमा २६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४७८ रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७ हजार २७८ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ७९, ललितपुरमा ३३, भक्तपुरमा ६, झापामा ३०, कास्कीमा १६, मोरङमा १३, नवलपरासी पूर्वमा ८, कैलालीमा ७, सुनसरीमा ६, महोत्तरी र रुपन्देहीमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।