काठमाडौं, २७ कार्तिक । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरुले शनिबार सपथ लिएका छन् ।

सानेपामा जारी पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् ।

माधवकुमार नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

आज बसेको बैठकमा नेपालले नै केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका हुन् ।