बारा, २७ कार्तिक । बाराबाट कटुवा पेस्तोल सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर–५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

जैसवाललाई खोपवा बजारबाट पक्राउ गरिएको डीएसपी मिश्रले बताए । प्रहरीले जैसवालको साथबाट पेस्तोलसँगै एक राउण्ड गोली पनि बरामद गरेको उनले जानकारी दिए ।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।