शुक्रबार ३९७ नयाँ संक्रमित थपिए, ३८९ संक्रमणमुक्त, ३ जनाको मृत्यु

काठमाडौं, २६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३९७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ र १ हजार ९३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४७९ पुगेको छ । त्यस्तै हालसम्म ७ लाख ९७ हजार ४४८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेका छन् । जसमध्ये ६ हजार ९४५ जना होम आइसोलेसनमा रहेका छन् भने ५५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९० जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।