जनगणनामा सहभागी हुन लोसपाको अपिल

जनकपुरधाम, २६ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले जनगणनामा सहभागी हुन आम नागरिकसँग अपिल गरेको छ ।
जनगणना देश विकासका लागि आवश्यक पर्ने आधारभूत तथ्यांक दिने एउटा महत्वपूर्ण माध्यम रहेकाले जनगणनामा सहभागी भइ सत्य तथ्य विवरण उपलब्ध गराउनका लागि प्रत्येक नेपाली नागरिकसँग लोसपाले अपिल गरेको हो ।
जनगणनामा सहभागी नहुँदा कतै कम जनसंख्या भएका ठाउँमा ठूला विकासका परियोजना बन्ने र कतै धेरै जनसंख्या भएका ठाउँमा सिमित विकासका आयोजना सञ्चालन हुने सम्भावना रहेकाले पनि जनगणनामा सहभागी हुन लोसपाले अपिल गरेको छ ।