नवनियुक्त तीन प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, २५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ जना प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।
प्रदेश १ का परशुराम खापुङ्ग, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीलाई उनले पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक समारोहकाबीच उनीहरुलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालको संविधानको धारा १६७ बमोजिम उनीहरुलाई सपथ ग्रहण गराइएको हो ।