बिहीबार ३१७ नयाँ संक्रमित थपिए, २७९ संक्रमणमुक्त, ७ जनाको मृत्यु

काठमाडौं, २५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६०९ जनाको पिसिआर परीक्षण गर्दा ३०१ र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै पिसिआर विधिबाट कूल संक्रमितको संख्या ८ लाख १६ हजार ६० र एन्टिजेनबाट ९४ हजार ९९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ४६६ पुगेको छ ।
नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।