जनकपुरधाम, २५ कार्तिक । धनुषामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–५ महेन्द्रनगरस्थित जनकपुरधाम–ढल्केवर सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ढल्केवरबाट जनकपुरधामतर्फ गइरहेको ज ९ प २३५५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट तीन जना सवार प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकल बुधबार राति १० बजे एकआपसमा ठोक्किएका थिए ।

द्युर्घटनामा परी मुत्यु हुनेमा प्रदेश २–०१–००१ प ४८५८ नम्बरको मोटरसाइकलका चालक रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले बताए । उनले मृतक चालकको नाम, थर र ठेगाना खुल्न नसकेको बताए । घाइतेको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

त्यस्तै, जनकपुरधामबाट ढल्केवरतर्फ आउँदै गरेको ज ९ प २३५५ नम्बरको मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर–६ बस्ने अमित साह, रोशन महतो र राज साह रहेका छन् । घाइतेमध्ये अमितको विराटनगरस्थित नोबेल मेडिकलमा उपचार भइरहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।