जनकपुरधाम, २४ कार्तिक । बलिउडका चर्चित गायक कुमार सानु जनकपुरधाम आउन लागेका छन् । एक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी यहाँ आउन लागेका हुन् ।

यहि कार्तिक २७ गते जनकपुरधाममा ‘कुमार सानु लाइभ इन कन्सर्ट’ हुँदैछ । जनकपुरधामको होटेल राजदरबार एवं नवरङ रिसोर्टमा आयोजना हुने उक्त कार्यक्रममा कुमार सानुले आफ्नो प्रस्तुती दिने छन् ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’मा सानुलाई नेपाली गायक/गायिका सुगम पोखरेल, पूजा ठकुरी र रोशन पराजुलीले साथ दिनेछन् ।

‘कुमार सानु लाइभ इन कन्सर्ट’मा सहभागिता जनाउनका लागि सर्वसाधारणले ५ हजार र ३ हजारको टिकट काट्नु पर्ने छ ।