भारतको राजस्थानमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु

एजेन्सी, २४ कार्तिक । भारतको राजस्थानस्थित जोधपुर राष्ट्रिय राजमार्गमा बस र ट्रक ठोक्किदा ११ जनाको मृत्यु भएको छ ।
बस र ट्रक एक आपसमा ठोक्किदा दुवैमा आगो लागेको थियो । ‘बस र ट्रक दुवैमा आगो लाग्दा जलेर ११ जनाको मृत्यु भएको छ,’ बाडमेरका एसपी दीपक भार्गवले बताए ।
दुर्घटनामा घाइते भएका २३ जनाको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको समयमा बसमा ३० जनाभन्दा बढी यात्रु रहेका थिए ।