काठमाडौं, २३ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९१८ पीसीआर परीक्षण गर्दा ४४३ र १ हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या ८ लाख १५ हजार ३७२ पुगेको छ । जसमध्ये ७ लाख ९६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ११ हजार ४५४ जनाको मृत्यु भएको छ ।