पर्साबाट लागूऔैषधसहित ६० बर्षीय एक बृद्ध पक्राउ

पर्सा, २२ कार्तिक । प्रहरीले पर्साबाट लागूऔैषध गाँजासहित एक बृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर–२ का ६० वर्षीय रामचन्द्र महतो रहेको पर्सा प्रहरीले जनाएको छ ।
कालो प्लाष्टिकको झोला हातमा लिई शंकास्पद रूपमा पैदल हिंडिरहेका महतोलाई प्रहरीले रोकेर खानतलासी गर्दा उनको झोलाबाट एक किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेका महतोमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।