सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुग्यो

सुर्खेत,२१ कार्तिक । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
आइतबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए ।बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।
दुर्घटनामा मृत्यु हुनेमा सल्यानको छत्रेश्चरी गाउँपालिमा–२ का २९ वर्षीय तिलक ओली, दाङको घोराही उपमहानगरको नारायनपुरका ६५ वर्षीया ईन्द्रा अधिकारी, दाङकै बबई गाउँपालिका–६ पन्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी रहेका छन् ।
तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँकी छ । मृतक १२ जनामध्ये १० महिला दुई पुरुष रहेका छन् ।