विराटनगर, २० कार्तिक । मोरङको विराटनगरमा शनिबार बिहान एक युवकको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१६ दरैयास्थित खदम खोला किनारमा एक युवकको शव फेला परेको हो ।

शव करिब २५ वर्षीय युवकको भएको र बाँकी कुरा सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव पोष्टमार्टमका लागि कोशी अस्पतालको शव गृहमा राखिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।