काठमाडौं, १९ कार्तिक । नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरीले जनाएको छ । जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।