शुक्रबार १८३ नयाँ संक्रमित थपिए, ६४९ संक्रमणमुक्त, २ जनाको मृत्यु

काठमाडौं, १९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ । त्यस्तै, ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ जना रहेका छन् । जसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।