सर्लाही, १९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीको जिल्ला कार्य समितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंह लगायत ५१ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित भएका हुन् ।

अधिवेशनका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सम्पादन सदस्य किशोर बहादुर कार्कीले देश र जनताले राप्रपालाई खोजिरहेको बताए ।

पछिल्लो समय धर्म परम्परामाथि आक्रमण भएको भन्दै कार्कीले सनातन मूल्य मान्यताको जगेर्नामा जोड दिए ।