वडाध्यक्ष साहको पहलमा ४ सय व्रतालुलाई छठ पूजा सामग्री वितरण

जनकपुरधाम, १९ कार्तिक । जनकपुरधाममा छठ व्रतालुलाई साडी र पूजा सामग्री वितरण गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साहले छठ व्रतालुलाई साडी, गहुँ, अगरवत्ती, चिनी र नरिवल वितरण गरेका हुन् ।
वडाध्यक्ष साहले व्यक्तिगत आफ्नो र केही दाताहरुको सहयोगबाट संकलन गरेका यी सामग्रीहरु करिब ४ सय व्रतालुलाई वितरण गरेका छन् ।
छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने, गहुँको पिठोबाट बनाइएको प्रसादले पूजा गर्नुपर्ने भएकाले ती सामग्री वितरण गरिएको वडाध्यक्ष साहले बताए । उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिने आवश्वासन दिए ।
पूजा सामग्री वितरण कार्यक्रममा उपस्थित संविधान सभा सदस्य दिनेश साहले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु वडाध्यक्ष साहको प्रशंसनीय काम भएको बताए ।