जनकपुरधाम, १७ कार्तिक । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित नेपाल-भारत मैत्री बस सेवा २० महिनापश्चात् पुनः सञ्चालन हुन लागेको छ ।

कोरोना महामारीका कारण सतर्कता अपनाउन भन्दै गत चैत ३ गतेदेखि बन्द गरिएको नेपाल-भारतमैत्री बस सेवा कार्तिक २० गते शनिबार राति ८ बजेदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।

एसी सुविधायुक्त बस सेवा प्रत्येक दिन जनकपुरधामबाट राति ८ बजे जनकपुरधामबाट पटनाका लागि छुट्ने उनले बताए ।

२०७५ भदौ महिनामा जनकपुरधामबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र बिहारको पटनाबाट बिहारका मुख्यमन्त्री नितिश कुमारले हरियो झण्डा देखाएर नेपाल-भारत मैत्रीपुणर् बस सेवाको उद्घाटन गरेका थिए ।