काठमाडौं, १७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ र ३ हजार ३३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने ४३९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । त्यस्तै, ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा छन् ।

कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।