राखेपको निमित्त सदस्य सचिवमा ढकाल नियुक्त

काठमाडौं, १६ कार्तिक । राष्ट्रिय खेलकुद परिषद (राखेप) को निमित्त सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिइएको हो । उनलाई निमित्त सदस्य सचिवमा नियुक्त गरेको पुष्टी मन्त्रालयका प्रेस संयोजक संगीन शर्माले गरेका हुन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको निमित्त सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको शर्माले बताए ।