एजेन्सी, १६ कार्तिक । मनी लन्डरिङको आरोप लाग्दै आएका महाराष्ट्रका पूर्वगृहमन्त्री अनिल देशमुखलाई भारतको प्रवर्तन निदेशालय (इडी)ले सोमबार मध्यरातमा पक्राउ गरेको छ ।

उनलाई सोमबार आधा रातमा पक्राउ गरिएको भारतीय मिडियाले जनाएका छन् । मंगलबार उनलाई अदालतमा पेश गरिने भएको छ ।

अनिल देशमुखका वकिलले आफूहरुले गरेको सहयोगलाई बेवास्ता गर्दै उनलाई मध्यरातमा पक्राउ गरिएको विषयको विरोध गरेका छन् ।

मुम्बईको प्रहरीले देशमुखले प्रहरी अधिकारीहरुसँग प्रत्येक महिना १ सय करोड असुल्दै आएको आरोप लगाइएको छ ।