जनकपुरधाम, १६ कार्तिक । भारतबाट भन्सार छलेर ल्याएको औषधिसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–५ बस्ने १८ वर्षीय राकेशकुमार यादव र टेम्पु चालक लहान नगरपालिका–१ ब्स्ने २२ वर्षीय शत्रुद्यन राम रहेको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–१९ कटहा चौकबाट १४ कार्टुनमा लिकोटोन २२५ एमएलको १ हजार ६२ बोतल औषधि उनीहरुको साथबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार प्रदेश २–०१–००१ ह ०६७३ नम्बरको ट्याम्पुमा ल्याइँदै गरिएको ३ लाख ३९ हजार मूल्यको औषधिसहित दुबैजना पक्राउ परेका हुन् ।