काठमाडौं, १५ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ७ हजार ६३८ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९२ हजार २७७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४१६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन् भने ८ हजार ५९८ जना होम आइसोलेसनमा छन् । यस्तै ७२० जना संस्थागत आइसोलेसनमा छन् भने २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।