काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई खोप लगाउने व्यवस्था

काठमाडौं, १५ कार्तिक । सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था गरेको छ ।
सरकारले खोल लगाएर मात्रै गन्तव्यतर्फ प्रस्थान गर्न उनीहरुलाई आग्रह गरेको छ ।
खोप सुविधा प्रदान गर्न सरकारले उपत्यकाका कलंकी, कोटेश्वर, नयाँ बसपार्क र सामाखुसीमा मंगलबारदेखि खोप लगाउने व्यवस्था मिलाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको छ ।