कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत, १५ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री शाहीले सत्ता साझेदार नेपाली कांग्रेससँगको आलोपालो सरकार चलाउने सहमति पालना गर्दै राजीनामा दिएका हुन् ।
तत्कालीन नेकपा विभाजनपछि सत्ता संकटमा परेका माओवादीका शाही र कांग्रेसबीच आलोपालो नेतृत्वको सहमति भएको थियो ।जसअनुसार पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी भएको थियो ।
सोमबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गठबन्धन फेरबदलका क्रममा भएको सहमतिअनुसार आफूले इमानको राजनीति प्रस्तुत गर्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न लागेको शाहीले बताए ।