काठमाडौं, १५ कार्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरूले सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूमा सुनुवाइ गर्न लागेका छन् ।

न्यायाधीशहरूको निर्णयलाई सहयोग गर्ने गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबार ६ वटा इजलासमात्रै गठन गरेका हुन् । सबै इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन तोकिएका छैनन् ।

एउटा एकल र अर्को संयुक्त गरी बढीमा दुई वटा इजलासमा बन्दी प्रत्यक्षीकरणका निवेदन पेसी तोक्न सकिने भए पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालित भएको देखाउन निवेदनहरू बाँडेर इजलास गठन गरेका हुन् ।

१० जना न्यायाधीशका लागि पेसी तोकिएकोमा दुई न्यायाधीशहरूलाई छुट्टाछुट्टै एकल इजलास तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्नै लागि एकल इजलास तोकेका छैनन् ।

–अनलाइनखबर