काठमाडौं, १५ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन दिएको जनाएको हो । क्यानले अबको केही दिनमा परेका आवेदनबाट सर्ट लिस्ट तयार गरेर अन्तर्वार्ता लिइने बताएको छ ।

क्यानले कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि आवेदन खुल्ला गरेको थियो । आइतबार दरखास्तको समय सकिएको हो । मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन छ ।

ओमानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज पछि वाटमोरले नेपाली टिम छाडेका हुन् । ६७ वर्षीय वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भए पनि उनले ८ महिनामै राजीनामा दिएका थिए ।