काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा बेलायत प्रस्थान गरेपछि पार्टी सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिले सम्हालेका छन् ।

कार्यवाहक सभापति भएर उनले जिम्मेवारी सम्हाल्ने भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘लिखित रूपमा कार्यवाहक सभापति भनेर सभापतिको पदीय जिम्मेवारी दिएको अवस्था त होइन । तर, नेपाली कांग्रेसको विधानले सभापतिको अनुपस्थितिमा पार्टीको नेतृत्व गर्ने अधिकार स्वतः उपसभापतिलाई रहने भन्छ’, प्रवक्ता शर्माले बताए ।

निधिले झण्डै एक साता पार्टी सभापतिको जिम्मेवारी सम्हाल्ने छन् । देउवाले प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिइसकेका छन् । खाण वरिष्ठ मन्त्री हुन् ।