काठमाडौं, १२ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भईसकेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनःस्थापनाबारे पनि विचार गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

‘संघीय गणतन्त्र र धर्मनिरपेक्षता असफल भईसक्यो । हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र पुनर्स्थापनाबारे विचार गरौँ,’ उनले ट्वीटरमा लेखेका छन् ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा विसंगती मौलाएको टिप्पणी उनले गरेका छन् ।

‘न्यायपालिकामा न्यायाधीशहरूको हडताल । संसद प्रतिपक्षी दलको अवरोध र सरकारी अकर्मण्यताको शिकार । सरकार ब्रम्हलुट÷सर्वसत्तावादमा लिप्त । यही हो जनयुद्ध÷जनआन्दोलनको लक्ष्य ,’ उनले प्रश्न गरेका छन् ।