प्रधानमन्त्रीको कार्यभार खाँणले सम्हाले

काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जाने भएपछि प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।
उनले आजदेखि नै जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
सरकारको वरिष्ठ मन्त्री भएकाले देउवाले खाँणलाई कार्यवाहक प्रधानमन्त्री बनाएका हुन् ।
यससम्बन्धी पत्र देउवाले बिहीबार नै राष्ट्रपति कार्यालयमा पठाइसकेका छन् ।