कोरोना संक्रमण बढेपछि रुसमा आंशिक लकडाउन

एजेन्सी, १२ कार्तिक । रुसमा कोरोना संक्रमण बढेपछि आंशिक लकडाउन गरिएको छ । त्यहाँ पछिल्लो समयमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ ।
रुसमा पहिलोपटक ४० हजारभन्दा बढीमा कोरोना संक्रमण पाइएको छ । कोरोनाबाट रुसमा लगातार तेस्रो दिन १ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ ।
देशमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कडा प्रतिबन्ध लगाइएको हो । जसअनुसार अत्यावश्यक सेवाका पसलमात्रै खुला रहनेछन् ।
शनिबारदेखि रुसभरका मजदुरलाई नौ दिनसम्म बिदा दिइएको छ । रुसमा एक तिहाईले खोप लगाइसकेका छन् ।