काठमाडौं, ११ कार्तिक । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन गरिने भएको छ ।

यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।

त्यस्तै प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुने भएको छ ।

यस्तो छ महाधिवेशनको कार्यतालिका: