एजेन्सी, ११ कार्तिक । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप २०२२ को ड्र (समूह विभाजन) सार्वजनिक भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बिहीबार ड्र सार्वजनिक गरेको जानकारी दिएको हो ।

एएफसीले एसियन कप खेल्ने १२ टोलीलाई ३ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत समूह ‘ए’ मा आयोजक भारत, चीन, चाइनिज ताइपेई र इरान रहेका छन् ।

समूह ’बी’ मा अस्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र इन्डोनेसिया रहेका छन् । त्यस्तै समूह ’सी’ मा भने साविक विजेता जापान, दक्षिण कोरिया, भियतनाम र म्यानमार रहेका छन् ।

एसियन कप जनवरी २० देखि फेबु्रअरी ६ सम्म सञ्चालन हुनेछ ।