काठमाडौं, ११ कार्तिक । सरकारले भारत, अमेरिका र बेलायतका लागि नेपाली राजदूतहरु सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतका लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरिएको हो ।

सरकारले राजदूतमा सिफारिस गरेका शर्मा पूर्व राजदूत तथा अर्थशास्त्री हुन् भने खत्री राजनीतिक शास्त्रका प्राध्यापक तथा परराष्ट्र मामिला जानकार हुन् । यस्तै, आचार्य भने पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् ।