बार्सिलोनाको कार्यबाहक प्रशिक्षकमा सर्जी बार्जुवान नियुक्त

एजेन्सी, ११ कार्तिक । बार्सिलोनाले सर्जी बार्जुवानलाई कार्यबाहक प्रशिक्षकमा नियुक्त गरेको छ ।
बुधबार राति भएको खेलमा रायो भालेकानोसँग १–० गोलको नतिजामा पराजित भएपछि मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो ।
बार्सिलोनाको मुख्य प्रशिक्षकमा भने जाभी हर्नान्डेजलाई बनाउने चर्चा अहिले शिखरमा छ । उनीसँगको कुराकानी जारी रहेकोले तत्कालका लागि कार्यबाहक प्रशिक्षकमा सर्जीलाई नियुक्त गरिएको छ ।
जाभीले प्रशिक्षक बन्न बार्सिलोनाको प्रस्ताव स्वीकारी सकेको पनि रोमानोले दाबी गरेका छन् ।