काठमाडौं, ११ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५९१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १० हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार ४१४ जना होम आइसोलेसनमा र ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये २४८ जना आईसीयू र ८०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।