हेटौंडा, ११ कार्तिक । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेसँगै नयाँ मन्त्रीहरुले सपथ लिएका छन् ।

प्रदेश प्रमुख कार्यालयमा बिहीबार आयोजित समारोहका बिच उनीहरुले सपथ लिएका हुन् । पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ खुवाएका छन् ।

नेपाली कांग्रेसका कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनालले पनि मन्त्री पदको सपथ लिएका छन् ।

भँडेल बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री बनेका छन् । मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बहुमत पुर्याउन नसकेपछि बुधबार नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी थिइन् ।