सिंहदरबारभित्र अचानक गोली चल्यो

काठमाडौं, १० कार्तिक । सिंहदरबारभित्र बुधबार दिउँसो अचानक गोली चलेको छ ।
प्रहरीले दिएको प्रराम्भिक सूचना अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट बुधबार दिउँसो गोली चलेको हो ।
घटनामा कसैलाई भने गोली नलागेको प्रहरीले जनाएको छ ।
यसबारे सम्बन्धित निकायले भारतीसँग सोधपुछ र छानबिन सुरु गरेको छ । मिस ह्यान्डलिङ भएकाले गोली चलेको हुनसक्ने अनुमान गरिएको छ ।