हेटौंडा, १० कार्तिक । बागमती प्रदेशका प्रदेश प्रमुख यादव शर्माले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत गरेका छन् ।

मुख्यमन्त्री शाक्यले आज दिउँसो राजीनामा दिएकी थिइन् ।

प्रदेश सभामा आज शाक्यले विश्वासको मत लिने कार्यक्रम रहेको थियो । तर बहुमत सदस्य आफ्नो पक्षमा नदेखेपछि शाक्यले विश्वासको मत लिनु अगावै पदबाट राजीनामा दिएकी थिइन् ।

नेकपा एमालेबाट माधवकुमार नेपाल समूह अलग भई नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) खोलेपछि शाक्यको पद धरापमा परेको थियो ।