मोहमद सैफुदीनले टी–२० विश्वकपका बाँकी खेलहरु गुमाउने

एजेन्सी, १० कार्तिक । बंगलादेशका फास्ट बलर मोहमद सैफुदीनले टी–२० विश्वकप क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् ।
चोटको कारण अलराउण्डर सैफुदीनले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
खेलको दौरान सैफुदीनले ढाडमा चोट लागेको स्रोतले बताएको छ । बंगलादेशले सैफुदीनको स्थानमा रुबेल हसनलाई टिममा भित्र्याउने भएको छ । हसन यस अघि नै टोलीको रिजर्भ लिस्टमा रहेका थिए ।
विश्वकप अन्तर्गत बंगलादेशले बुधबार इंग्ल्याण्डको सामना गर्नेछ । सुपर १२ मा बंगलादेश पहिलो जितको खोजीमा रहेको छ ।