काठमाडौं, १० कार्तिक । कोभिड–१९ विरूद्धको थप १० लाख डोज खोप चीनबाट नेपाल आइपुगेको छ ।

खोप शाखाका प्रमुख डा. सागर दाहालले १० लाख डोज ’भेरोसेल’ खोप बुधबार बिहान साढे ८ बजे नेपाल आइपुगेको जानकारी दिए ।

सरकारले पछिल्लोपटक चीनबाट थप ५९ लाख डोज खोप खरिद गर्ने भनेकोमा बुधबार त्यसमध्येकै पहिलो लट खोप आएको उनले बताए । प्रमुख दाहालले अब दोस्रो लटको खोप पनि छिट्टै आउने जानकारी दिए ।

यो खोप यसअघि भेरोसेलकै पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेका व्यक्तिहरुलाई लगाउने सरकारको तयारी छ ।