सुर्खेत, १० कार्तिक । सुर्खेतमा जिप दुर्घटनामा परि १२ जना घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिका–२ धावनखोलामा सल्यानको मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जिप सडकबाट झन्डै ६० मिटर तल खस्दा १२ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । तीनै जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

अन्य घाइतेहरूको भने सल्लीबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।