प्रधानन्यायाधीश जबराले आफ्ना इजलासमा तोकिएका सबै मुद्दाको गरे सुनुवाइ

काठमाडौं, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना इजलासमा तोकिएका सबै मुद्दाको सुनुवाइ सकेका छन् ।
सहकर्मी १५ जना न्यायाधीशले इजलास बहिष्कार गरेको अवस्थामा जबराले भने ५ मुद्दाको सुनुवाइ गरेका हुन् ।
उनको एकल इजलासमा अदालतको अवहेलना, सम्पत्ति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरण र कालोबजारी तथा अन्य सामाजिक अपराधसम्बन्धी कसुरका गरी ५ मुद्दा तोकिएका थिए ।
यससँगै जबराले अन्य न्यायाधीशहरूले इजलास बहिष्कार गरे पनि आफू भने निरन्तर न्याय सम्पादनमा सरिक हुने संकेत गरेका छन् । न्यायाधीशहरूले इजलास बहिष्कार गरेको आज तेस्रो दिन हो ।
प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमामा क्षति हुने गरिका काम गरेको भन्दै राजीनामा दिनुपर्ने भन्दै आएका छन् ।
–फरकधार