काठमाडौं, ९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६६६ नयाँ संक्रमित थपिएका छन् । १२ हजार २० जनामा गरिएको परिक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन ।

यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको मन्त्रालयले जनाएको छ ।