एजेन्सी, ९ कार्तिक । पाकिस्तानको एबट्टाबादमा एक महिलाले एकसाथ ७ जना बच्चालाई जन्म दिएकी छन् । जन्मिएका बच्चाहरुमध्ये ६ जनाको मृत्यु भएको छ ।

एक साता अघि ती महिलाले एबट्टाबादको जिन्न इन्टरनसनल हस्पिटलमा एकसाथ ७ जना बच्चालाई जन्म दिएकी थिइन् । सातमध्ये ५ जना बच्चाको सोही अस्पतालमा र एक जनाको अयुब टिचिङ्ग अस्पतालमा मृत्यु भएको हो ।

बच्चाका पिता कारी यार मोहम्मदले एक जना बच्चाको मृत्यु जन्मेको २४ घण्टापछि भएको थियो । एकै दिन तीन जना बच्चाको मृत्यु भएको उनले बताए ।

मोहम्मदले हालसम्म बच्चाको आमालाई मात्र दुई जना बच्चाको मृत्यु भएको जानकारी दिइएको बताए । अस्पतालका चिकित्सकले एकसाथ धेरै बच्चा भएकोले उनीहरुलाई गर्भमा पोषण नपुग्दा मृत्यु भएको बताएका छन् ।

–बिबीसी